Logo १८ असार २०८३, बिहिबार | Fri Jul 3 2026


मुलुकी अपराध संहिता सुधार्न निर्माण व्यवसायीको माग


0
Shares

काठमाडौं, कात्तिक १९ । नेपाल निर्माण व्यवसायी महासंघले मुलुकी अपराध संहितामा सुधार गर्न पुनः माग गरेको छ ।

महासंघको २०औं महाधिवेशनबाट पारित घोषणापत्र सार्वजनिक गर्न सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा निर्माण उपकरणमा लाग्दै आएको दोहोरो कर हटाउन पनि माग गरियो ।

सम्पन्न भइसकेका आयोजनाहरुको भुक्तानी उपलब्ध गराउन पनि महासंघले आग्रह गरेको छ ।

महासंघका महासचिव रोशन दाहालले नाकाबन्दी, भूकम्पलगायतका कारणले निर्माणकार्य समयमै सम्पन्न हुन नसकेको तर आगामी दिनमा तोकिएकै समयमा सहजैरुपमा आयोजना सम्पन्न गरिने बताए ।