ईन्द्र गिरी (इमेज)
संखुवासभा, कात्तिक १९ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक एवं वित्तीय अवस्था सुधारोन्मुख रहेको बताएका छन् ।
सवल, स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र बनाउने गरी काम भइरहेको उनको दाबी छ ।
सोमबार संखुवासभाको खाँदबारीमा आन्तरिक राजस्व करदाता सेवा कार्यालयको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले साधारण खर्चभन्दा राजस्व बढी संकलन भएकाले अवस्था असहज नभएको जिकिर गरे ।
करको दायरा बढाइने भन्दै उनले करवृद्धि गरी विकास गर्ने र गरिबी अन्त्य गर्ने बताए ।
राष्ट्रिय गौरवका आयोजना सरकारको पहिलो प्राथमिकतामा रहेको भन्दै उनले जोगवनी–किमाथांका सडक निर्माण सरकारको प्राथमिकतामा रहेको बताए ।
संखुवासभा जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्यले राष्ट्रिय गौरवको आयोजना जोगवनी–किमाथांका सडक, अरुण तेस्रो जलविद्युत् आयोजना र स्थानीय सडक निर्माणमा सहयोग गर्न संघीय सरकारलाई आग्रह गरे ।









प्रतिक्रिया दिनुहोस्