Logo १८ असार २०८३, बिहिबार | Fri Jul 3 2026


व्यापारिक केन्द्रहरुमा तिहारका लागि किनमेल गर्नेको घुइँचो


0
Shares

पाल्पा, कात्तिक १९ । पाल्पाको सदरमुकाम तानसेनलगायत आसपासका व्यापारिक केन्द्रहरुमा तिहारको किनमेल गर्ने चहलपहल बढेको छ ।

तिहारलाई आवश्यक पर्ने खाद्यान्न, भाई मसला, लत्ताकपडा, सप्तरंगी टीका, माला, ओखर, रोटीलगायतका सरसामान किन्न तानसेन बजारमा सर्वसाधारणको घुइँचो बढेको हो । गाउँगाउँबाट आएका किसानले चिउरीको पात, बिमिरो, फूलमाला, ओखरलगायतका सामग्री बजारमा बिक्री गरी तिहारका लागि आवश्यक अन्य सरसमान किनमेल गर्ने गरेका छन् ।

पछिल्लो समयमा पाल्पामा प्राकृतिक फूलमालाको भन्दा कृत्रिम मालाको व्यापार बढ्दै गएको छ । पाल्पाको रामपुर, हार्थाेक, छहरा, आर्यभज्याङ, बतासेलगायतका ग्रामीण बजारमा समेत तिहारको चहल पहल बढेको छ ।