Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


म्यान्चेस्टर सिटी र चेल्सीको सहज जित


0
Shares

काठमाडौं, कात्तिक १९ । इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति म्यान्चेस्टर सिटी र चेल्सीले सहज जित हात पारेका छन् ।

लिग तालिकाको शीर्ष स्थानमा रहेको म्यान सिटीले साउथह्याम्पटनलाई ६–१ ले पराजित ग¥यो । सिटीका लागि राहिम स्टर्लिङले दुई गोल गर्दा सर्जियो अगुएरो, डेभिड सिल्भा र लेरोए सानेले एक–एक गोल गरे । साउथह्याम्पटनकै वेस्ले होएटले एक आत्माघाती गोल गरेका थिए ।

प्रिमियर लिग फुटबलकै अर्को खेलमा चेल्सीले क्रिष्टल प्यालेसलाई ३–१ ले हराएको छ । खेलमा चेल्सीका अल्भारो मोराटाले दुई गोल गर्दा पेड्रोले एक गोल थपे । प्यालेसका एन्ड्रोस टाउनसेन्डले एक गोल फर्काए ।

गएरातिका खेलपछि प्रिमियर लिगको अंक तालिकामा ११ खेलबाट २९ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा छ । २७ अंक जोडेको चेल्सी दोस्रो स्थानमा उक्लिँदा समान २७ अंक नै भए पनि लिभरपुल गोलअन्तरका आधारमा तेस्रो स्थानमा झरेको छ ।