काठमाडौं, कात्तिक १८ । वर्षभरिकै कारोबारको ४० प्रतिशतभन्दा बढी कारोबार हुने समय दसैं, तिहार, छठजस्ता नेपालीहरुको महान् चाडको पूर्वसन्ध्यामा सरकारले बजार अनुगमनकाक्रममा अनावश्यक दुःख दिएको भन्दै नेपाल चेम्बर अफ कमर्सले सरकारको ध्यानाकर्षण गरेको छ ।
चेम्बरले विज्ञप्ति जारी गर्दै ‘व्यवसायीहरुको कारोबारस्थल लामो समयसम्म सिलबन्दी गरी राख्दा व्यवसायीहरु नै विस्थापित हुनपर्ने परिस्थिति सिर्जना हुन लागेको’ भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ ।
‘बजार अनुगमनकाक्रममा कानुनी प्रक्रियाका अन्य विकल्पहरु हुँदाहुँदै पनि दसैं, तिहारजस्ता व्यवसायीहरुको कारोबारको अत्यन्त महत्वपूर्ण समयमा सरकारद्वारा संकीर्ण मानसिकता र सस्तो लोकप्रियताका लागि गरिएका यस्ता कारबाहीले व्यवसायीहरु अत्यन्त हतोत्साहित देखिएको’ चेम्बरको भनाइ छ ।
उपभोक्ताहरुको हक–हित संरक्षणतर्फ चेम्बर सदैव प्रतिबद्ध रहेको भन्दै व्यावसायिक वातावरण निर्माणका लागि चेम्बरले सरकारको ध्यानाकर्षण गरेको छ ।









प्रतिक्रिया दिनुहोस्