Logo १८ असार २०८३, बिहिबार | Fri Jul 3 2026


धनतेरसको अवसरमा गहना/सामग्री किन किनिन्छ ? (भिडियो)


0
Shares

सुशनसर्जन रामदाम/सुयेश मानन्धर (इमेज)

काठमाडौं, कात्तिक १८ । तिहारको रौनक सुरु भएसँगै सुनचाँदी पसलहरुमासमेत गहना खरिद–बिक्री गर्नेहरुको चहलपहल बढेको छ ।

दीपावलीको अवसरमा धनतेरसलाई मध्यनजर गर्दै गहना र सुनचाँदीका सिक्काहरु किन्ने प्रचलन बढ्दै गइरहेको छ ।

धनधान्यकी देवी लक्ष्मीको पूजा–आराधना गर्न दीपावलीको अवसरमा सुनचाँदीका गहना र सिक्काहरु खरिद गर्ने प्रचलन बढ्दै गइरहेको छ ।

धनतरेसको अवसरमा गहना र अथवा केही नयाँ सामान खरिद गर्ने मान्यता विकास हुँदै गइरहेको छ ।

काठमाडौंका विभिन्न सुनचाँदी पसलमा सुनचाँदीका सिक्का, लक्ष्मीको मूर्ति, तथा गहना खरिद गर्नेको चहलपहल बढेको छ ।

राजधानीका न्यूरोड, विशालबजार आसपासका सुनचाँदी पसलहरुमासमेत सुन र चाँदीका गहना र सामान किन्नेहरुको भीड लागेको छ ।

देवी लक्ष्मीलाई पूजा गर्ने वैदिक परम्परालाई जगेर्ना गर्न धनतरेसका अवसरमा सुन, चाँदी तथा हिराका कारोबारमा वृद्धि भएको रिद्धि सिद्धि ज्वेलर्सका सन्चालक नरेन्द्र गुप्ताले बताए ।

तिहारको बेलामा खासगरी चाँदीका पसलहरुमा बढी ग्राहकहरुको भीड लाग्ने गर्दछ ।

चाँदीका सिक्का, लक्ष्मीको पाउ, मूर्तिहरु तथा चाँदीजन्य भाँडाकुँडाको माग बढी हुने व्यापारीहरुको भनाइ छ ।

यस वर्षको धनतेरस काग तिहारसँगै परेको छ । धनतेरसको अवसरमा गहना अथवा कुनै न कुनै सामग्री किनेको खन्डमा शुभमुर्हत हुने धार्मिक विश्वास रहेको छ ।

सुनचाँदीजन्य सामग्रीको बढी खपत हुने दीपावलीमा गुणस्तरलाई भने व्यवसायी तथा उपभोक्ताले हेक्का राख्न जरुरी छ ।

भिडियो हेर्नुहोस्