पाल्पा, कात्तिक १७ । तिहारलाई लक्षित गरी शनिबार पाल्पाको तानसेनका मिठाइ पसलहरुमा अनुगमन गरिएको छ ।
तिहार नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय पाल्पाले जिल्लाका विभिन्न मिठाइ पसलहरुमा अनुगमन गरेको हो ।
त्यसक्रममा मिठाइ उत्पादन हुने स्थान, सामग्रीहरुको प्रयोग, सामग्रीहरुको गुणस्तरीयता, सरसफाइ, प्याकिङको अवस्था, बिक्री गर्ने स्थानहरुको निरीक्षण गरिएको थियो ।
अनुगमनमा उत्पादनस्थलमा मिठाइहरु नछोपी राखिएको, बिरामी कामदारको प्रयोग गरिएको, भान्सको पूर्णसफाइ नभएको, मिठाइमा प्रयोग गरिने रसायनको उपभोग्य मिति सकिएको, चान्सीहरुमा झिँगा मरेको भेटिएको थियो ।









प्रतिक्रिया दिनुहोस्