१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


सरकारले जनअपेक्षाअनुसार काम गर्न सकेन : थापा


0
Shares

ताप्लेजुङ, कात्तिक १७ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाएका छन् ।

शनिबार ताप्लेजुङमा सन्चारकर्मीहरुसित कुरा गर्दै उनले हत्या–हिंसालगायतका घटना नियन्त्रण गर्न नसकेको सरकारले कन्चनपुरकी निर्मला पन्त हत्याकान्डको दोषी पत्ता लगाउन असफल भएको बताए ।

अध्यक्ष थापाले प्रशासन, संवैधानिक अंगलगायत सुरक्षा निकायमा पनि राजनीतिकरण भएको जिकिर गरे ।