२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सतर्कता केन्द्रको अनुगमन प्रतिवेदन हचुवाको भरमा बनाइएको आरोप


0
Shares

काठमाडौं, कात्तिक १६ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले राष्ट्रिय सतर्कता केन्द्रले उपलब्ध गराएको अनुगमन प्रतिवेदन हचुवाको भरमा बनाइएको आरोप लगाएको छ ।

केन्द्रले कोषबाट भएको लगानी, असूली, पदपूर्तिलगायतका विषयमा विभिन्न जिल्लामा गएर गरेको अनुगमन प्रतिवेदन कोषलाई बुझाएको थियो ।

कोषले शुक्रबार पत्रकार सम्मेलन गरी केन्द्रले अनुगमनका क्रममा स्थानीय सहकारी संस्थासम्म नपुगी अनुगमन गरेको र त्यसैका आधार प्रतिवेदन बनाएको आरोप लगाएको हो । कोषका कार्यकारी उपाध्यक्ष प्रेमप्रसाद दंगालले केन्द्रको प्रतिवेदन झुटो रहेको भन्दै कोषले आफ्नोतर्फबाट छुट्टै अनुगमन गर्ने बताए ।

केन्द्रले कोषबाट भएको लगानी, असूलीलगायतका विषयमा धादिङ, सुनसरी र धनुषा जिल्लाका केही सहकारी संस्थाहरुको अनुगमन गरी कोषलाई प्रतिवेदन दिएको थियो ।