काठमाडौं, कात्तिक १६ । बिहीबारदेखि सुरु भएको गोदावरी फुलको प्रतियोगितात्मक प्रदर्शनीमा अवलोकनकर्ताको भीड लागेको छ ।
तिहार लक्षित पुष्प मेलामा व्यवसायिक ४४ वटा स्टल, ३ वटा सूचनामुलक र गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनीसहित ४८ वटा प्रदर्शनी कक्ष राखिएका छन् ।
सयपत्री, मखमली तथा अन्य फूलका बिरुवा मेलाको आकर्षण रहेको आयोजक नेपाल फ्लोरिकल्चर एसोसियसनले जनाएको छ । मेला आईतबारसम्म चल्ने छ ।









प्रतिक्रिया दिनुहोस्