बिराटनगर । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रदेश र स्थानीय तहको विकास खर्च निरासाजनक हुँदैमा त्यसले राष्ट्रिय अर्थतन्त्रमा असर नपर्नेे दाबी गरेका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्र्मीहरुसँग कुरा गर्दै उनले प्रदेश र स्थानीय तहले खर्च गर्न नसके पनि आर्थिक तरलता उत्पन्न हुन नदिने गरी सरकारले व्यवस्था गर्न लागेको जानकारी दिए ।
प्रदेश सरकारका आफ्नै संरचना बन्ने क्रममा रहेको भन्दै उनले संघबाट प्रदेश सरकारलाई संरचनाहरु एकै पटक हस्तान्तरण सम्भव नहुने बताए ।
कर्मचारी संमायोजन गर्न ढिलाई भएको स्वीकार गर्दै उनले संघीय निजामति कानुन आउना साथ त्यो समस्या समाधान हुने स्पष्ट पारे ।









प्रतिक्रिया दिनुहोस्