Logo १८ असार २०८३, बिहिबार | Fri Jul 3 2026


गाउँमै कृषि फर्म खोलेर पूर्व लडाकुले कमाउँछन् बार्षिक १२ लाख रुपैंयाँ


0
Shares

रौतहट । तत्कालीन नेकपा माओवादीले गरेको सशस्त्र आन्दोलनमा लामो समय सक्रिय भएका रौतहटका एक व्यक्ति पछिल्लो समय कृषि कर्ममा लागेर राम्रो आम्दानी गर्न थालेका छन् ।

माओवादीका पूर्वलडाकु चन्द्रपुरका बहिद मिया अन्सारीले अहिले कृषि फर्म सञ्चालन गरेर रोजगारीसमेत सिर्जना गरेका छन् ।

वर्सेनी हजारौं युवा रोजगारीका लागि विदेशिने क्रम बढीरहेका बेला अन्सारीले अहिले गाउँमै कृषि फर्म सञ्चालन लगेर आफू मात्र रोजगार भएका छैनन्, अन्य केही व्यक्तिलाई समेत रोजगारी दिएका छन् ।

रौतहटको चन्द्रपुर–६ मा करिब ३ बिगाहा जमिन भाडामा लिएर उनले व्यवस्थित माछापोखरी, कुुखुरापालन र राँगापालन गरेका छन् ।

५ जनालाई रोजगारीसमेत दिएका उनको सबै खर्च कटाएर वार्षिक १२ लाख रुपैयाँ बचत हुने गरेको छ ।

उनको फर्ममा पालिएका माछा, कुखुरा र राँगा स्थानीय बजारदेखि काठमाडौंसम्म पुग्ने गरेका छन् ।