Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


ढुक्क भएर पुँजीबजारमा लगानी गर्न धितोपत्र बोर्डको आग्रह


0
Shares

काठमाडौं, कात्तिक १५ । नेपाल धितोपत्र बोर्डले पुँजीबजारका लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गरेको छ ।

बोर्डले बिहीबार विज्ञप्ति जारी गर्दै सरकार र बोर्ड पुँजीबजारको विकासमा प्रतिबद्ध रहि सुधारका थुपै्र कामहरु अगाडि बढाइरहेको र देशको समष्टिगत आर्थिक अवस्था तथा सूचीकृत कम्पनीहरुको वित्तीय अवस्थाहरुसमेत सन्तोषजनक रहेकाले हल्लाको पछि नलागी सुझबुझ तवरले लगानीसम्बन्धी निर्णय लिन आग्रह गरेको हो ।

हाल मुलुकमा राजनीतिक स्थायित्व कायम भएको र सरकारले बजेटमार्फत् देशमा आर्थिक समृद्धिको मार्गचित्र कोर्दै पुँजीबजारमार्फत् देशको आर्थिक समृद्धिमा जोड दिएको पनि बोर्डले स्मरण गराएको छ ।

सरकारले बजेटमार्फत् भ्याटको अन्योल हटाएको, पुँजीबजारमा उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन गर्न नीतिगत व्यवस्था गरेको, धितोपत्र व्यवसायी शुल्कमा कटौती, पूर्णरुपमा अनलाइन कारोबार, दीर्घकालीन लगानी कोषको व्यवस्थापनलगायतका पुँजीबजार विकास तथा सुधारका लागि प्रशस्त प्रयास भएको बोर्डले उल्लेख गरेको छ ।

यसैले सेयरबजारमा कारोबार गर्दा हल्लाको पछि नलागी सम्बन्धित क्षेत्र, उद्योग तथा कम्पनीको अवस्थाहरुको आधारभूत जानकारी लिनुका साथै बजारको अवस्था तथा बजार सुधारका काम–कारबाही अध्ययन गरेर सुझबुझ तवरले निर्णय गर्न बोर्डले अनुरोध गरेको छ ।

Skip This