Logo १८ असार २०८३, बिहिबार | Fri Jul 3 2026


फिदिममा कालो बजारी गरेर सामानहरु विक्री


0
Shares

पाँचथर । पाँचथर सदरमुकाम फिदिममा कालो बजारी गरेर सामानहरु विक्री गर्ने गरेको पाइएको छ ।

इलोक्ट्रोनिक्स तथा गिफ्ट पसलका संचालकहरुले उपभोक्ताहरुलाई ठूलो मूल्यअन्तर राखेर सामान बेच्ने गरेको अनुगमनमा खटिनु भएका पाँचथरका सहायक प्रमुख जिल्ला अधिकारी निर्मल तुम्रोकले बताए ।

सामान ल्याउँदा सस्तो मूल्यमा ल्याउने तर धेरै फरक पारी विक्री गर्ने गरेको पाइएको तुम्रोकले जानकारी दिए ।

सवैभन्दा बढी चस्मा, चार्जर र घडीको मूल्यमा अत्यधिक नाफा राखेर विक्री गरेको भेटिएको छ ।

२० देखि २५ रुपैयामा खरिद गरेको चार्जर १ सयदेखि डेढ सय रुपैयासम्ममा विक्री गरेको पाइएको छ । सामान्यतया प्रत्येक सामानमा २० प्रतिशत मात्रै नाफा लिन पाइन्छ ।

लोटस कम्पनीको घडीको मूल्य खरिद गर्दा १ सय ५५ रुपैयामा गरेको तर प्रतिगोटा ८ सय रुपैयासम्ममा विक्री भएको छ ।

उनीहरुलाई कालोबजारी ऐन अन्र्तगत कारवाही गर्न सकिने सहायक प्रजिअ तुम्रोकले बताए ।

यस्तै बजारमा व्यापारीहरुले विनाअनुमति सिसी क्यामेरा जडान गरेको पाइएको छ ।

उनीहरुलाई अनुमति लिएर मात्रै सिसी क्यामरा जडान गर्न सुझाव दिएको जिल्ला प्रशासन कार्यालय पाँचथरका नायव सुब्बा प्रकाश अधिकारीले बताए ।