Logo १८ असार २०८३, बिहिबार | Fri Jul 3 2026


उखुको भुक्तानी नदिने उद्योगी अग्रवाल पक्राउ


0
Shares

काठमाडौं, कात्तिक १४ । उखु किसानको भुक्तानी नदिएको आरोपमा प्रहरीले काठमाडौंको त्रिपुरेश्वरबाट बुधबार उद्योगी राकेश अग्रवाललाई पक्राउ गरेको छ ।

अग्रवाल इन्दिरा सुगर मिल एन्ड एग्रो प्रालि नवलपरासी तथा अन्नपूर्ण सुगर मिल प्रालि सर्लाहीका सन्चालक हुन् ।

इन्दिरा सुगर मिल एन्ड एग्रो प्रालि नवलपरासीले रु ८ करोड ५८ लाख ९६ हजार ४८१ तथा अन्नपूर्ण सुगर मिल प्रालि सर्लाहीले रु ३८ करोड ६८ लाख किसानको बक्यौता तिर्न बाँकी रहेको जनाइएको छ ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आग्रहमा मंगलबारमात्रै गृह मन्त्रालयले पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएपछि उद्योगी अग्रवाललाई बुधबार पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख वसन्त लामाले जानकारी दिए । रासस