Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


पीपीएलमा आज दुई खेलः कुन कुन टीमको हुँदैछ भीडन्त


0
Shares

पोखरा । पोखरामा जारी पोखरा प्रिमियर लिग पीपीएल ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा आज दुई खेल हुँदैछन् ।

पहिलो खेलमा चितवन राइनोजले एक्सपर्ट धनगढीसँग बिहान ९ बजे खेल्दैछ ।

यो खेलमा विजयी हुँदा दिपेन्द्र सिंह ऐरी नेतृत्वको एक्सपर्ट धनगढीले फाइनल खेल्ने सम्भावना कामयै राख्ने छ ।

लगातार दुई हार बेहोरेको पारस खड्का नेतृत्वको चितवनले हार बेहोर्दा भने फाइनल प्रवेश सम्भावनाबाट बाहिरिने छ । 

त्यसैगरी दोस्रो खेलमा दिउँसो सवा १ बजे विराटनगर टाइटान्स र बुटबल ब्लास्टर्स भिड्दै छन् ।

चर्चित युवा खेलाडी सन्दीप लामिछानेले नेतृत्व गरेको विराटनगरले लगातार ३ खेल हारेका कारण यो खेलमा पराजित भयो भने औपचारिक रुपमै फाइनल पुग्ने सम्भावनाबाट बाहिरिने छ ।

सोमपाल कामी नेतृत्वको बुटबलले अहिलेसम्म सत्प्रतिशत नतिजा निकालेकाले यो खेलमा जित हासिल गर्दा फाइनल प्रवेशको सम्भावना बलियो हुनेछ ।

लिगमा २ खेलबाट ४ अंकका साथ बुटबल शीर्ष स्थानमा छ ।

३ खेलबाट ४ अंकको शरद भेषावकर नेतृत्वको पोखरा पल्टन दोस्रो तथा २ खेलबाट ४ अंकको ज्ञानेन्द्र मल्ल नेतृत्वको हुलास काठमाडौं रोयल्स तेस्रो स्थानमा छ ।

२ अंकको धनगढी चौथो स्थानमा हुँदा विराटनगर र चितवन अंकविहीन छन् ।