काठमाडौं, कात्तिक १३ । अघिल्ला दुई दिन ओरालो लागेको पुँजीबजार मंगलबार सामान्य सच्चियो ।
यसदिन सेयरबजार परिसूचक नेप्से ७ अंकले बढेर १२ सय २४ अंकमा पुग्यो । कारोबार भने न्यून नै रह्यो ।
यसदिन कारोबार भएका अधिकांश समूह हरियो रहेसँगै नेप्सेमा सुधार आएको हो ।
जीवनबिमा समूह सबैभन्दा उच्च साढे २३ अंकले उक्लियो भने निर्जीवन बिमा समूहमा पनि २२ अंकको सुधार आयो ।
यसदिन जलविद्युत्, लघुवित्त र होटल समूहमा भने गिरावट आयो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १६३ कम्पनीका ९ लाख २४ हजार कित्ता सेयर जम्मा २२ करोड १८ लाख रुपैयाँमा किनबेच एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्