Logo १८ असार २०८३, बिहिबार | Fri Jul 3 2026


आयात बढ्दै जाँदा चालू खाता एवं शोधनान्तरमा दबाब, भदौसम्म चालू खाता घाटा ३५ अर्ब


0
Shares

काठमाडौं, कात्तिक १३ । पछिल्लो समय वस्तु आयात बढ्दै जाँदा चालू खाता एवं शोधनान्तर घाटा बढ्दै गएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको भदौसम्मको आर्थिकस्थितिमा वस्तु आयात उच्च वृद्धि हुँदै जाँदा चालू खाता घाटा विस्तार भइ ३५ अर्ब ५६ करोड रुपैयाँ पुगेको जनाइएको हो ।

अघिल्लो वर्ष यसै अवधिमा यस्तो घाटा १९ अर्ब ७४ करोड रहेको थियो ।

यस अवधिमा शोधनान्तर घाटा २५ अर्ब ४५ करोड पुगेको छ । अघिल्लो वर्ष भदौसम्ममा ५ अर्ब ८७ करोड रहेको थियो ।

समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३३.४ प्रतिशतले वृद्धि भइ १५४ अर्ब २० करोड पुगेको छ ।

अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा भदौसम्ममा ४१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७.२ प्रतिशतले घटेको थियो ।

यस्तै, यस अवधिमा कुल वस्तु निर्यात ८ प्रतिशतले वृद्धि भइ जम्मा १४ अर्ब ७० करोड पुगेको छ ।

कुल वस्तु आयात ३८.५ प्रतिशतले बढेर २३२ अर्ब ३५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १२.६ प्रतिशतले बढेको थियो ।

यसरी यस अवधिमा कुल वस्तु व्यापार घाटा ४१.२ प्रतिशतले विस्तार भइ २१७ अर्ब ६५ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।