१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


कुम्मायक फाइनलमा


0
Shares

पाँचथर, कात्तिक १३ । आयोजक कुम्मायक स्पोर्टिङ क्लब पाँचथरको कुम्मायक गाउँपालिकामा जारी दोस्रो कुम्मायक गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार पृथ्वी माविको खेलमैदानमा भएको पहिलो सेमिफाइनलमा फालेलुङ स्पोर्टिङ क्लबलाई २–० ले हराउँदै कुम्मायक उपाधिनजिक पुगेको हो ।

कुम्मायकको जितमा खेलको २५औं मिनटेमा सुरेस मिफोक र ५९औं  मिनेटमा शक्ति लावतीले एक/एक गोल गरे ।

बुधबार हुने दोस्रो सेमिफाइनल खेलमा फिदिम स्पोर्टिङ क्लब र हिलिहाङ स्पोर्टिङ क्लब भिड्नेछन् ।

प्रतियोगिताको विजेताले एक लाख ११ हजार र उपविजेताले ५५ हजार ५०० रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।