काठमाडौं, कात्तिक १२ । माघ पहिलो साता राजधानीमा हिमालयन हाइड्रो एक्स्पो २०१९ हुने भएको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले संयुक्तरुपमा एक्स्पो गर्न लागेका हुन् ।
आगामी माघ ४ देखि ६ गतेसम्म काठमाडौंको भृकुटीमन्डपस्थित प्रदर्शनीहलमा आयोजना हुने एक्स्पोमा १०० भन्दा बढी स्टल रहने अनुमान आयोजकको छ ।
हाइड्रो एक्स्पोमा जलविद्युत् प्रवर्धक, इक्युपमेन्ट्स सप्लायर, लगानीकर्ता, बैंक, बिमालगायत जलविद्युत्मा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित विविध स्टल राखिने जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्