२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


चितवनमा अन्तर्राष्ट्रिय पोल्ट्री सिम्पोजिम शुरु


0
Shares

चितवन, कार्तिक ११ । चितवनको भरतपुरमा आज (आईतबार)देखि अन्तर्राष्ट्रिय पोल्ट्री सिम्पोजिम शुरु भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय, पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकाय रामपुरको आयोजना सुरु भएको पोल्ट्री सिम्पोजिममा नौ देशका तीन सयभन्दा बढी वैज्ञानिक सहभागी छन् ।

सिम्पोजिममा मूल आयोजक समितिका अध्यक्ष एवं कृषि तथा पशु विज्ञान विश्वविद्यालयका डिन प्राडा शारदा थपलियाले कुखुरा उत्पादनसम्बन्धी नीतिगत र सामाजिक आर्थिक अवस्था, कुखुराको पोषण, स्वास्थ्य व्यवस्थापन, अनुवांशिकी, प्रजनन व्यवस्थापन, जैविक प्रविधि, एकीकृत तथा ग्रामीण कुखुरापालनजस्ता विधामा ११५ वैज्ञानिक र अनुसन्धानमूलक कार्यपत्र पेश हुने जानकारी दिए ।

गोष्ठीमा नेपाल, भारत, जापान, अस्ट्रेलिया, जर्मनी, बङ्गलादेश, अमेरिका, भूटान र इजिप्टका वैज्ञानिक सहभागी छन् । विभिन्न विश्वविद्यालयका विज्ञ, कुखुरापालन क्षेत्रमा अनुसन्धान गरिरहेका विज्ञ, व्यावसायिक किसानसहित यस क्षेत्रसँग सम्बन्धित विभिन्न संघ–संस्थाका प्रतिनिधिको सहभागिता छ ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य उषा झा, कृषि तथा पशु विकास मन्त्रालयका सचिव प्रकाश माथेमा, डा.होमबहादुर बस्नेत, विश्वविद्यालयका रजिष्ट्रार मनराज कोलाक्षपतिलगायतले आफ्ना धारणा राखेका थिए । तीन दिनसम्म सञ्चालन हुने सो संगोष्ठीमा लिखित र मौखिक कार्यपत्र प्रस्तुत गरिनुका साथै त्यसमामाथि छलफल हुनेछ ।