२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


घरायसी तथा मृत्युपछिको सेयर नामसारी सीडीएससीबाट


0
Shares

काठमाडौं, कात्तिक ९ । घरायसी तथा मृत्युपछिको सेयर नामसारी केन्द्रीय निक्षेप प्रणाली (सीडीएससी)ले गर्ने भएको छ ।

नेपाल धितोपत्र बोर्डले केन्द्रीय निक्षेप सेवा विनियामवली, २०६८ लाई तेस्रोपटक संशोधन गर्दै घरायसी तथा मृत्युपछिको सेयर नामसारी गर्ने जिम्मा सीडीएससीलाई दिएको हो ।

यसअघि, यस्तो सेयर नामसारी नेपाल स्टक एक्सचेन्जले गर्दै आएको थियो ।

देशैभरिका लगानीकर्ता सेयर नामसारी गर्न काठमाडौं नै आउन बाध्य हुने गरेका थिए । अब यस्तो सेवा सरल एवं सहज हुने जनाइएको छ ।

यस्तो नामसरीको काम सीडीएससीले गर्दा समयानुकूल र लगानीकर्तालाई सहज हुने बोर्डको ठहर छ ।

मृत्युपछिको नामसरीको हकमा अब राष्ट्रिय दैनिकको सट्टा सीडीएससीको वेबसाइटमा ३५ दिने सूचना जारी गरे पुग्ने व्यवस्था विनियमावलीमा गरिएको छ ।