Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


‘भाषणलेमात्रै आर्थिक समृद्धि हुँदैन’


0
Shares

प्रदीप पौडेल (इमेज)

पोखरा, कात्तिक ९ । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले वर्तमान सरकारले जनअपेक्षाअनुरुप काम गर्न नसकेको आरोप लगाएका छन् ।

शुक्रबार पोखरामा आयोजित पार्टीको आर्थिक नीति सुझाव संकलनका लागि प्रदेशस्तरीय कार्यक्रम उद्घाटन गर्दै उनले सरकारले जनताविरुद्ध कर बढाएर आतंकित बनाएको आरोप लगाए ।

नेता डा. महतले सरकारको भाषणलेमात्रै आर्थिक समृद्धि नहुने बताए ।

समृद्धिका लागि सरकारमात्र नभइ निजी क्षेत्रको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुनेमा उनको जोड थियो ।

बीपी कोइरालाको समाजवादी चिन्तन अहिले पनि उत्तिकै सान्दर्भिक भएको उल्लेख गर्दै उनले कांग्रेसले त्यसलाई आत्मसात् गर्न नसकेको उल्लेख गरे ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले नीति र सिद्धान्तबाट विचलित बन्ने प्रवृत्तिले पार्टी कमजोर बन्दै गएकोप्रति गम्भीर बन्नुपर्ने बताए ।

सोक्रममा पार्टीका केन्द्रीय सदस्यहरू शंकर भण्डारी, धनराज गुरुङ, अर्जुन जोशी, कांग्रेस कास्कीका सभापति कृष्ण केसी, डा. विजन पन्तलगायतले बोलेका थिए ।