
काठमाडौं, असार १० । सांसदहरुले समसामयिक समस्या समाधानका लागि संसदमार्फत् सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको आइतबार बसेको बैठकको शून्य समयमा सांसद लक्ष्मी परियारले भौतिक, पूर्वाधार मन्त्रालय शीर्षकमा विनियोजन विधेयक २०७५ माथि छलफल गर्न ढिलाइ भएकोप्रति विरोध गरिन् ।
यस्तै, सांसद बहादुरसिंह लामाले भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि अझै पीडितले राहत पाउन नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।
सांसद सीताराम मेहताले सुनसरीमा वर्षेनि बाढीले पुर्याएको क्षति न्यूनीकरणका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद विरोध खतिवडाले विनियोजन बजेट छलफलकाक्रममा ठूला आयोजनालाईमात्र छलफलको विषय बनाइएको भन्दै विरोध जनाए ।
सांसद बिन्दा पाण्डेले विदेशमा मृत्यु भएका, गम्भीर बिरामी रहेका र जेल परेका नेपालीको तथ्यांक माग गर्दै समस्यामा परेका नेपालीलाई सहयोगको पहल गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
प्रतिक्रिया दिनुहोस्