१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


अनलाइन कारोबारका लागि नेप्सेको तयारी पूरा


0
Shares

काठमाडौं, कात्तिक ७ । नेपाल स्टक एक्सचेन्जले छिट्टै नै अनलाइन कारोबार सुरु गर्ने भएको छ । नेप्सेले अनलाइन कारोबारको तयारी पूरा भएको जनाएको हो ।

एक्सचेन्जले यसै महिनाबाट पूर्णस्वचालित कारोबार सुरु गर्ने भएको छ । एक्सचेन्जले यसअघि परीक्षण कारोबार गर्दै आएको थियो ।

घरमै बसेर सेयर किनबेच गर्नसकिने हुनाले अनलाइन कारोबार सहज हुनेछ ।

यसप्रति लगानीकर्ताको रुचि पनि बढेकाले अब छिटै नै अनलाइन कारोबार सुरु गरिने नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए ।

अनलाइन कारोबार सुरु भएसँगै विश्वसनीयतासमेत बढ्ने विश्वास गरिएको छ ।

नेप्सेले कारोबारलाई सहज बनाउनका लागि ब्रोकरहरुलाई यससम्बन्धी तालिमसमेत दिइरहेको छ ।

सक्रिय लगानीकर्ताहरु यसबारे करिब जानकार भइसकेको र नयाँ लगानीकर्ताहरुले पनि ब्रोकरहरुबाटै जानकारी लिनसक्ने उनले उल्लेख गरे ।