Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


सुनको कारोबारमा कमी


0
Shares

काठमाडौं, कात्तिक ६ । पछिल्लो समय पहेंलो धातुको मूल्यमा वृद्धि भएसँगै यसको कारोबारमा कमी आएको छ ।

गत वर्ष बडादसैंमा दैनिक ५० किलो सुनको कारोबार भएकामा यसपटक दैनिक करिब ३० किलोको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो वर्ष घटस्थापनादेखि फूलपातीसम्म सुनको दैनिक माग करिब ५० किलो भएपनि सोहीअनुसारको आपूर्ति भइ सन्तुलन कायम भएको थियो ।

अहिले सोही समयमा बजारमा सुनको मागभन्दा आपूर्ति अत्यधिक रहेको महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यले जानकारी दिए ।

अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको मूल्य बढेको तथा नेपाली रुपैयाँको अवमूल्यन हुँदै गएकाले पनि सुनको मूल्य निरन्तर बढेको छ ।

यसको मूल्य क्रमिकरुपमा बढेका कारण सर्वसाधारणको पनि आकर्षण घटेको पाइएको छ ।

यस वर्ष बडादसैंको अवधिमा रत्न तथा आभूषणको कारोबार पनि अघिल्लो बडादसैंको तुलनामा ४० प्रतिशतले कम भएको नेपाल रत्न तथा आभूषण संघका अध्यक्ष ज्योत्स्ना श्रेष्ठले जानकारी दिइन् ।

बजारमा छापावाला सुन प्रतितोला रु ६० हजार कायम भइ मंगलबार कारोबार भएको छ ।

गत बडादसैंमा भने सोको प्रतितोला रु ५४ हजारमा कारोबार भएको थियो । रासस