
सर्लाही । संसारका विकसित मुलुकले यान र रकेटको कुरा गरिरहँदा नेपालको सुगम ठाउँ मानिने तराइका जिल्लामा घट्ट चलाएर जीविकोपार्जन गर्ने मानिसको कमी छैन ।
अन्य विकल्प नभएपछि सर्लाही र महोतरीको सीमानमा पर्ने छोड्के दोभानका स्थानीय घट्टको भरमा पिसान गर्न बाध्य भएका हुन ।
प्रतिघण्टा तीनचार पाथी मकै, कोदो, गहुँ, फापर जस्ता खाद्यान पिस्न गुरुङ खोला पीपलदमार छोड्के दोभान लगायतका ठाँउबाट किसान आउने गरेको घट्ट संचालक विदुर दमाइ बताउँछन् ।
कम आयश्रोत भएका र मिलमा पैसा तिर्न नसक्ने स्थानीय घट्टमा आउने गरेका छन । घट्टमा पिसान बापत जे पिसायो त्यही दिदाँ हुने भएकाले उनीहरुको आकर्षण बढेको हो ।
सर्लाही ईश्वरपुर नगरपालिका १२ र महोत्तरी बर्दिबास नगरपालिका ११ का पाँचसय पचास घरधुरी घट्टको भरमा छन् ।
प्रतिक्रिया दिनुहोस्