Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


पुनर्कर्जाको उपयोग बढेको छ : राष्ट्र बैंक


0
Shares

काठमाडौं, कार्तिक ४ । नेपाल राष्ट्र बैंकले पुनर्कर्जाको उपयोग बढेको जनाएको छ ।

उत्पादनशील क्षेत्रतर्फ लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पुर्‍याउने उद्देश्यले बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनर्कर्जाको उपयोग बढेको जनाएको छ । २०७५ साउन मसान्तमा रु.१४ अर्ब ८० करोड बैंकले प्रदान गरेको पुनर्कर्जा लगानीमा रहेको जनाएको छ ।

भूकम्प पीडितहरूलाई बढीमा २ प्रतिशतसम्मको ब्याजदरमा आवासीय घर निर्माण कर्जा प्रदान गर्न केन्द्रीय बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई शून्य ब्याजदरमा पुनर्कर्जा सुविधा उपलब्ध गराउने व्यवस्था अन्तर्गत २०७५ साउन मसान्तसम्ममा रु.२ अर्ब १९ लाख पुनर्कर्जा उपयोगमा रहेको जनाईको छ । यस्तो कर्जा १२१८ जनाले उपयोग गरेको जनाइएको छ । 

 

Skip This