 
	    पाल्पा । पाल्पाका किसानले अलैंचीको व्यावसायिक खेती गर्न थालेका छन् ।
पाल्पाको पूर्वी निस्दी गाउँपालिका–३ झिरुवासका पाखोबारीमा किसानले परीक्षणका रुपमा अलैंची खेती गर्दा सफल भएपछि त्यसलाई व्यावसायिक रुप दिन थालिएको हो ।
पछिल्लो समय यहाँका किसानले अलैंची खेतीमा राम्रो सम्भावना देखेपछि उत्तर मोहडा फर्किएका ओसिला बारीमा यसको व्यवसायिक खेती गरेका छन् ।
करिब ७० घरधुरीले अलैंची खेती गरी आम्दानी लिन थालेका छन् ।
अलैंची खेतीबाट राम्रो आम्दानी हुन थालेपछि अब यसलाई व्यावसायिक बनाउने लक्ष्य राखिएको किसान तुलबहादुर बयाम्बुले बताए ।
यहाँका किसानले इलामबाट विरुवा ल्याएर अलैंची खेती गुरु गरेका हुन् । अहिले यहाँका प्रत्येक किसानले ७ देखि १२ रोपनी जग्गामा अलैंचीका विरुवा लगाएका छन् ।
काउले डाँडा कवुलियती वनको समन्वयमा दुई वर्षअघि प्रति घर ६ सय ५० वटाका दरले विरुवा वितरण गरिएको थियो ।
किसानलाई यस वर्ष पनि थप ५ हजार अलैंचीका विरुवा ५० प्रतिशत अनुदानमा वितरण गरिएको छ ।
झिरुवास क्षेत्रमा अलैंची खेती थप विस्तार गर्न निस्दी गाउँपालिकाले पकेट क्षेत्रका रुपमा अगाडी बढाउने योजनासमेत राखेको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्