१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


मध्यपहाडी लोकमार्गअन्तर्गत कोयाखोलामा मोटरेवल पुल निर्माण


0
Shares

तेह्रथुम । तेह्रथुममा पर्ने पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत निर्माणाधीन संक्रान्ति–म्याङ्लुङ सडकखण्डको कोयाखोलामा मोटरेवल पुल निर्माण भएको छ ।

पुल निर्माणपछि पुलबाटै सवारी आवतजावत गर्न थालेको लोकमार्ग आयोजनाको तेह्रथुम खण्डका इन्जिनियर सुरेश तुम्बाहाम्फेले जानकारी दिए ।

खोलामा पुल नहुँदा आठराई गाउँपालिकाका बासिन्दालाई वारपार गर्न समस्या हुने गरेको थियो ।

५ करोड ३ लाख रुपैयाँमा एस.बी.ए. निर्माण सेवा प्रालिले पुल निर्माण गरेको हो ।

पुल निर्माणपछि सो सडक खण्डमा बाह्रै महिना सवारी संचालनमा सहज भएको छ । पुलले फेदाप गाउँपालिका र आठराई गाउँपालिकालाई जोडेको छ ।