Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


बिपद् जोखिम न्यूनीकरणका लागि सरकार तयारी अवस्थामा छः गृहमन्त्री


0
Shares

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले बिपद् जोखिम न्यूनीकरणका लागि सरकार तयारी अवस्थामा रहेको बताएका छन् ।

विपद् जोखिम न्यूनीकरणसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको आज काठमाडौंमण उद्घाटन गर्दै गृहमन्त्री थापाले विपद् जोखिम न्यूनीकरणका लागि सरकारले योजना बनाएको बताए ।

सरकारले सातवटै प्रदेशमा विपद् व्यवस्थापनको पूर्व तयारी गरेको भन्दै उनले विपद् व्यवस्थापनको लागि सरकारले कुनै कसर बाँकी नराखेको पनि दाबी गरे ।

कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीले दातृ निकायबाट प्रतिबद्धता जनाएअनुसारको सहयोग प्राप्त नहुँदा पुनर्निर्माणमा ढिलाइ भएको बताए ।

बिपद् जोखिम पनि पुनर्निर्माणको एउटा अंग भएको भन्दै उनले जुनसुकै समयमा पनि विपद् आउन सक्ने भएकाले तयारी अवस्थामा रहने सरकारलाई सुझाव दिए ।