Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


सनराइज बैंकको थप दुई शाखा विस्तार


0
Shares

काठमाडौं, असोज २६ । सनराइज बैंकले थप दुई शाखा विस्तार गरेको छ ।

बैंकले शुक्रबार एकैदिन बझाङको चैनपुर र जुम्लामा शाखा सन्चालनमा ल्याएको जनाएको हो । योसमेत गरी सो बैंकको शाखा संख्या ९७ ओटा पुगेको पनि जनाइएको छ ।

सम्भावित अरू क्षेत्रमा चाँडै नै थप शाखाहरु सन्चालनमा ल्याउने बैंकले जनाएको छ ।