Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


ताप्लेजुङमा गन्डकी विकास बैंकको शाखा


0
Shares

सन्तोष पुर्कुटी (इमेज)

ताप्लेजुङ, असोज २५ । गन्डकी विकास बैंकले ताप्लेजुङमा आफ्नो ७६औं शाखा विस्तार गरेको छ ।

फुङलिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेलले बिहीबार यस शाखाको उद्घाटन गरेका हुन् ।

योसँगै मुलुकका ३३ ओटा जिल्लामा आफ्नो शाखा विस्तार भएको बैंकले जनाएको छ । छिटै नै अरु ठाउँमा थप शाखा विस्तार गर्ने योजना रहेको बैंकले जनाएको छ ।

गन्डकीसहित ताप्लेजुङमा आधादर्जन बढी बैंकका शाखा खुलेका छन् ।

ताप्लेजुङ पहाडी जिल्ला भएपनि पछिल्लो समय यहाँ वित्तीय संस्थाहरुको आकर्षण बढ्दै गएको पाइएको छ ।