Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


नेप्से १० अंक बराबरले उकालो


0
Shares

काठमाडौं, असोज २५ । अघिल्लो दिन नगन्य अंकलेमात्र हरियो रहेको सेयरबजारमा साताको अन्तिम दिन बिहीबार भने झन्डै दोहोरो अंकको सुधार आयो ।

नेप्से १० अंक बराबरले उकालो लागेर १२ सय २८ पुग्यो ।

होटल र उत्पादनमूलक समूहबाहेक अरु समूह सकारात्मक रहे । निर्जीवन बिमा समूह सबैभन्दा उच्च ४९ अंकले बढ्यो । वाणिज्य बैंक र विकास बैंक समूह पनि दोहोरो अंकले सकारात्मक रहे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १६५ कम्पनीका ८ लाख ६२ हजार कित्ता सेयर सवा २५ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।