काठमाडौं, असोज २५ । बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल तथा काठमाडौं–तराई–मधेस ‘फास्ट ट्रयाक’ निर्माणमा विलम्ब नगर्न सरोकारवालाहरुले माग गरेका छन् ।
बाराका स्थानीयहरु सम्मिलित फास्ट ट्रयाक, विमानस्थल निर्माण मूल व्यवस्थापन समितिले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी ती दुवै आयोजना ५/७ वर्षभित्रै निर्माण सम्पन्न गर्ने ग्यारेन्टी गर्न सरकारसित माग गरेको हो ।
विमानस्थलको विरोधमा पछिल्लो समय विभिन्न चलखेल भइरहेको भन्दै उनीहरुले कुनैपनि बहानामा राष्ट्रिय गौरवका आयोजनाहरु अवरुद्ध नगर्न चेतावनीसमेत दिएका छन् ।
सो अवसरमा नेपाल नागरिक उड्ययन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मान्नधरले निजगढ विमानस्थलको विकल्प नभएको बताए ।









प्रतिक्रिया दिनुहोस्