अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा सञ्चालित अधिकांश पसले उपभोग्य वस्तुको मूल्यसूची नराखेको पाइएको छ ।
जिल्ला प्रशासन कार्यालयको संयोजनमा जिल्लास्तरीय अनुगमन टोलीले छत्रदेव गाउँपालिकाका विभिन्न वडाका ५० वटा पसलमा अनुगमन गर्दा कुनै पनि पसलमा मुल्यसूची नभेटिएको सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज वेल्वासेले बताए ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले चार्डपर्व नजिकिँदै गर्दा जिल्लामा बजार अनुगमनलाई तिव्रता दिएको छ ।
छत्रदेव गाउँपालिकामा सञ्चालित पसलमा साइनबोर्ड र मूल्यसूची नराख्ने, म्याद सकिएका सामान राख्ने, दर्ता बिनै व्यवसाय सञ्चालन गर्ने गरेको भेटिएको छ ।
त्यस्ता व्यापारीलाई सचेत गराई कानुनी प्रक्रिया पुरा गर्न निश्चित समय दिइएको र कमजोरी नसच्याए कानुन अनुसार कारवाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी बेल्बासेले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्