-केदार कटुवाल/ईमेज:
उदयपुर । मुख्य चाडपर्वकै बेला उपभोग्य वस्तुको अत्याधिक मूल्यवृद्धिले उदयपुरका उपभोक्ता समस्यामा परेका छन् ।
खाद्यान्न, कपडा, रंगरोगनका सामग्रीको मूल्य अत्याधिक वृद्धि भएपछि उपभोक्ता मारमा परेका हुन् ।
चाडवाडको समयमा बजारमा सामान किन्नेहरुको भीड लाग्ने गरेको भए पनि यस वर्ष भने मुख्यबजार सुनसान जस्तै देखिएका छन् ।
गाईघाट, बेल्टार, कटारी, रामपुर, मुर्कुचीलगायतका बजारमा उपभोग्य वस्तुको भाउ अत्यधिक बढेपछि उपभोक्ताहरु निराश हुँदै किनमेलमा समेत जान सकेका छैनन् ।
आयातित वस्तुमा समेत कर बढेको भन्दै व्यापारीले मूल्यमा वृद्धि गरेका हुन् । महंगीका कारण दसैंको खुसियाली घरघरमा भित्रिन सकेको छैन ।
स्थानीय बजारमा बढेको महंगीले नेपालसंँग सीमा जोडिएका भारतीय बजार लौकी, निर्मली, कुनौली, विरपुर र जोगवनी पुगेर मरमसला र लत्ताकपडा किन्न उपभोक्ता बाध्य भएका छन् ।
सरकारी अनुगमन प्रभावकारी बन्न नसकेको र अनुगमनले साना व्यापारीलाई मात्र दुःख दिएको स्थानीय साना व्यापारीको गुनासो छ ।
बजारमा उपभोक्ताले देख्ने गरी व्यापारीले मूल्य सुची नराखेको गुनासो उपभोक्ताको छ ।
स्थानीय प्रशासनले भने सबै बजारमा अनुगमन भइरहेको र मूल्यसूची सबै उपभोक्ताले देख्ने गरी राख्न निर्देशन दिएको बताएको छ ।









प्रतिक्रिया दिनुहोस्