जनकपुर । पाँच वर्षदेखि निर्माणको चरणमा रहेको नेपालको एक मात्र जनकपुर–जयनगर ब्रोडगेज रेल बुधबार जनकपुर आइपुग्दा स्थानीयमा खुशीयाली छाएको छ ।
पहिलो चरणमा भारतको जयनगरदेखि कुर्थासम्म निर्माण सम्पन्न हुन लागेको ३५ किलोमिटर रेल्वे लिक परीक्षणको क्रममा रेल्वे पुरानो स्टेसन जनकपुर आइपुगेको हो ।
यससँगै रेल्वेको २९ किलोमिटर लिक परीक्षण भएको छ भने अब मात्र ६ किलो मिटर लिक परीक्षण गर्न बाँकी छ ।
अबको १० दिनभित्र ६ किलो मिटर लिक परीक्षण गरेर रेल्वे कुर्था स्टेशन पुगेपछि लिक परीक्षण्को काम सम्पन्न हुने नेपाल रेल विभाग साइट कार्यालय जनकपुरका इञ्जिनियर विनोदकुमार ओझाले बताए ।
लिक परीक्षको क्रममा एकसाता अघि रेल्वे जनकपुर उपमहानगरपालिका १७ कनकपट्टी प्रवेश गरेको थियो ।
भारतको झारखण्डबाट रेल्वे लिकमा प्रयोग हुने कालो गिट्टीसहित ५३ डिब्बासहितको रेल जनकपुर आइपुगेको हो ।
कुर्थासम्म रेल्वे सञ्चालनका लागि ३ हल्र्ट र ५ स्टेशन निर्माणको अन्तिम चरणमा छ ।
स्टेशन भवन, आवास निर्माण अन्तिम अवस्थामा छ । सन् २०१८ को अन्तिमसम्ममा रेल्वे सञ्चालन गर्ने तयारी छ ।









प्रतिक्रिया दिनुहोस्