काठमाडौं, असोज २३ । अमेरिकी डलरको भाउ उकालो लाग्दै नयाँ रेकर्ड कायम हुनेक्रम मंगलबार पनि जारी रह्यो ।
मंगलबार डलरको मूल्य हालसम्मकै उच्च ११८ रुपैयाँमाथि पुगेको हो ।
नेपाल राष्ट्र बैंकले मंगलबार एक डलरको खरिददर ११८ रुपैयाँ २० पैसा र बिक्रीदर ११८ रुपैयाँ ८० पैसा तय गरेको थियो ।
यसअघि, आइतबार खरिददर ११७ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११८ रुपैयाँ ३३ पैसा कायम भएको थियो ।









प्रतिक्रिया दिनुहोस्