Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


नेप्से पुनः ऋणात्मक, कारोबार पनि खुम्चियो


0
Shares

काठमाडौं, असोज २३ । सोमबार सकारात्मक रहेको सेयरबजार मंगलबार पुनः ऋणात्मक रह्यो । कारोबार पनि खुम्चियो ।

उतार–चढावबीच बजार परिसूचक नेप्से करिब ३ अंकले घटेर १२ सय १७ मा आएर थामियो ।

सुरुको एक घन्टा उकालो लागेर १२ सय २७ पुगिसकेको नेप्से त्यसयता घट्दै ऋणात्मक रहन पुगेको हो ।

यसदिन अन्य समूह सामान्य अंकले हरियो रहेबाहेक अरु सबै समूहमा गिरावट आयो ।

निर्जीवन बिमा समूह सबैभन्दा उच्च ३७ अंकले घट्यो । होटल, जीवनबिमा समूह, जलविद्युत् र उत्पादनमूलक समूह पनि दोहोरो अंकले ओरालो लागे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १६० कम्पनीका १० लाख १८ हजार कित्ता सेयर ३४ करोड ३२ लाख रुपैयाँमा कारोबार भएको एक्सचेन्जले जनाएको छ ।