Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


दक्षिण एसियाली मुलुकको आर्थिक वृद्धिदर उच्च रहनेक्रम जारी


0
Shares

काठमाडौं, असोज २२ । विश्व अर्थतन्त्रमा दक्षिण एसियाली मुलुकको आर्थिक वृद्धिदर उच्च रहनेक्रम जारी रहने देखिएको छ ।

विश्व बैंकको पछिल्लो अर्धवार्षिक आर्थिक स्थितिसम्बन्धी प्रतिवेदनमा यस क्षेत्रले बजेट अभावका बाबजुद् आर्थिक वृद्धिदरमा उच्चगति कायम राख्ने देखिएको जनाएको हो ।

सन् २०१८ मा यस क्षेत्रको वृद्धिदर ६.९ प्रतिशत र २०१९ मा ७.१ प्रतिशत रहने अनुमान बैंकको  छ ।

यो वर्ष माल्दिभ्सको वृद्धिदर सबैभन्दा उच्च ८ प्रतिशत र सबैभन्दा न्यून अफगानिस्थानको २.४ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण छ ।

नेपालको यो वर्ष ६.३ र आगामी वर्ष ५.९ प्रतिशतमा सीमित हुने र त्यसपछिको वर्ष ६ प्रतिशत वृद्धिदर पुग्ने विश्व बैंकको प्रक्षेपण छ ।

नेपालले ६ प्रतिशतको औसत वृद्धिदर हासिल गर्ने देखिएपनि संघीयता कार्यान्वयनमा देखिएका चुनौती समाधानमा भरपर्ने पनि औंल्याइएको छ ।