काठमाडौं, असोज २१ । साताको शुरुकै दिन आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।
उतार चढावबीच बजार परिसूचक नेप्से १२ अंकले झरेर १२१४ मा आएर थामियो । उत्पादनमूलक र अन्य समूह नगन्य अंकले हरियो रहेबाहेक अरु सबै समूह ओरालो लागे ।
निर्जीवन बीमा समूह सबैभन्दा उच्च १०२ अंकले झ¥यो । जीवन बीमा समूहमा पनि ५४ अंकको गिरावट आयो ।
होटल समूहमा ३७ अंकको कमी आयो । विकास बैंक, वाणिज्य बैंक र लघुवित्त समूह पनि दोहोरो अंकले ओर्लिए । यसदिन नेपाल स्टक एक्सचेन्जमा १६० कम्पनीको १३ लाख ३७ हजार कित्ता शेयर ४० करोड ७५ लाख बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्