Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


‘स्थानीय तहमा पनि सहकारीको विकास गर्नुपर्छ’


0
Shares

काठमाडौं, असोज २० । भिनस बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७४/७५ मा पनि उल्लेख्य प्रगति गर्न सफल भएको जनाएको छ ।

शनिबार राजधानीमा सम्पन्न १०औं वार्षिक साधारणसभामा संस्थाको प्रगतिबारे जानकारी गराइएको हो ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष रघुवरभक्त मानन्धरले स्थानीय तहमा पनि सहकारीको विकास गर्नुपर्ने बताए । उनले सबै सहकारीकर्मीहरुलाई एकजुट हुन पनि आग्रह गरे ।

साधारणसभाका अवसरमा संस्थाका ज्येष्ठ सदस्य बचतकर्ता र असल ऋणीहरुलाई सम्मान गरिएको थियो ।