अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा ३० करोड रुपैयाँको लागतमा व्यवस्थित बसपार्क बन्ने भएको छ ।
साना सहरी विकास आयोजनामार्फत् बन्न लागेको बसपार्कको राष्ट्रिय इन्जिनियर कन्स्ट्रक्सनले सर्भे सुरु गरिसकेको छ ।
करिब १५ रोपनीको क्षेत्रफलमा निर्माण हुन लागेको बसपार्कमा झन्डै १ हजार बस पार्किङ गर्न सकिने ओभरसियर रविन्द्रकुमार देवले जानकारी दिए ।
बसपार्क साँघुरो भएका कारण अप्ठ्यारो र दुर्घटनाको समेत जोखिम रहेको छ । नयाँ बसपार्क बन्ने भएपछि स्थानीय उत्साहित बनेका छन् ।









प्रतिक्रिया दिनुहोस्