काठमाडौं, असोज १९ । बडादसैंलक्षित गरेर उपत्यकाका विभिन्न स्थानहरुमा खोलिएका सुपथ पसलहरुमा उपभोक्ताहरु भने खासै पुगेका छैनन् ।
दसैंलक्षित गरेर उपत्यकाका विभिन्न स्थानहरुमा ९ ओटा सुपथ मूल्य पसल र तीनओटा घुम्ती पसलहरु खोलिएका छन् । तर, ती पसलहरुमा खासै चहलपहल देखिएको छैन ।
उपभोक्ता नहुँदा सुपथ मूल्य पसलहरु लगभग सुनसानजस्तै देखिएका छन् ।
उपत्यकाका विभिन्न स्थानहरुमा साल्ट ट्रेडिङ लिमिटेड, खाद्य संस्थान र दुग्ध विकास संस्थानले एकीकृत सुपथ मूल्य पसल सन्चालनमा ल्याएका हुन् ।









प्रतिक्रिया दिनुहोस्