
विवेक भण्डारी
नवलपुर, असार ८ । नवलपुरको कावासोती १६ का महिला सालको पातबाट आयआर्जन गर्न सफल भएका छन् । जंगलमा गएर पात संकलन गरी दुना–टपरी उद्योगमा बिक्री गर्दा उनीहरुलाई घरायसी खर्चमा सहज हुन थालेको छ ।
विगत केही वर्ष पहिले घरायसी काममै दिन बिताउने कावासोती–१६ का महिलालाई सालको पातले रोजगारी दिएको छ । काम खासै केही नहुँदा दिनभरिको लामो समय बिताउनु पट्यारलाग्दो नै भएको थियो ।
कुल १८२ घरधुरी रहेको यस गाउँका प्रत्येक महिला अहिले भने दैनिकजसो जंगलमा पात संकलन गर्न जान्छन् । यस्तो कामबाट उनीहरुलाई समय बिताउन र दैनिक रुपमा हुने सामान्य खर्च टार्नसमेत सजिलो भएको छ ।
पात टिपेर आकार मिलाएपछि पायक पर्ने दुना–टपरी उद्योगमा पुर्याउने गर्छन् । १ किलो पात ३५ रुपैयाँमा विक्री गर्ने उनीहरुको यो काम नियमितजस्तै बनेको छ ।
विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्