Logo २१ असार २०८३, आइतबार | Mon Jul 6 2026


महेन्द्र राजमार्गका लागि एडीबीद्वारा १८ अर्ब सहयोग


0
Shares

काठमाडौं, असोज १८ । एसियाली विकास बैंक (एडीबी)ले पूर्व–पश्चिम राजमार्ग महेन्द्र राजमार्गको स्तरोन्नतिका लागि १८ लाख डलर अर्थात् १८ अर्ब रुपैयाँ बढी सहयोग गर्ने भएको छ ।

बैंकको केन्द्रीय कार्यालय मलिनामा बसेको बोर्ड बैठकले उक्त सहयोग गर्ने निर्णय पारित गरेको बैंकको नेपालस्थित कार्यालयले जनाएको छ ।

यस राजमार्गबाट सबैभन्दा धेरै यात्रीसहित खाद्यान्न आवत–जावत हुने भन्दै यसको स्तरोन्नतिका लागि सहयोग गर्न लागेको एडीबीले जनाएको छ ।

उक्त सहयोग रकम कन्चनपुर–कमलाअन्तर्गत्को ८७ किलोमिटर सडक स्तरोन्नतिका लागि रहेकोसमेत बैंकले जनाएको छ ।