काठमाडौं, असोज १७ । बुधबार पनि सेयरबजारमा दोहोरो अंकको गिरावट जारी रह्यो ।
निरन्तर ‘वियरिष ट्रेन्ड’मा रहँदै आएको सेयरबजार मंगलबार सामान्य हरियो रहेकामा बुधबार पुनः उही प्रवृत्तिउन्मुख भएको हो ।
नेप्से १० अंकले झरेर १२ सय ३० मा आएर थामियो । कारोबार पनि खुम्चियो ।
यसदिन व्यापार र होटल समूह सामान्य अंकले हरियो रहेबाहेक अरु सबै समूह ओरालो लागे ।
निर्जीवन बिमा समूह सबैभन्दा उच्च ५१ अंकले झर्यो । जीवनबिमा समूह पनि ३७ अंकले ओरालो लाग्यो । जलविद्युत्, विकास बैंक र वाणिज्य बैंक समूह पनि दोहोरो अंकले ओर्लिए ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १६५ कम्पनीका १४ लाख ३६ हजार कित्ता सेयर जम्मा ३७ करोड ४० लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्