Logo २१ असार २०८३, आइतबार | Mon Jul 6 2026


बजारलाई चलायमान बनाउने लगानीकर्ताले हो : कार्की


0
Shares

काठमाडौं, असोज १७ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले धितोपत्र बजारलाई चलायमान बनाउने काम लगानीकर्ताको भएको बताएका छन् ।

विश्व लगानीकर्ता सप्ताहको अवसरमा बुधबार राजधानीमा लगानीकर्तासँग गरिएको कार्यक्रममा उनले लगानीकर्ताबिना पुँजीबजार अपूर्ण रहने भन्दै बजारलाई जीवन्त बनाउने काम पनि लगानीकर्ताको भएको बताए ।

लगानीकर्तालाई सुसूचित गराउने र पुँजीबजारमा विदेशी लगानी भित्र्याउने काम बोर्डको भएपनि पुँजीबजारको वृद्धि र विकास सबैको दायित्व भएको पनि उनले बताए ।

उनले ‘ब्रोकर’ कम्पनीहरुलाई पुँजी बढाइ ‘मार्जिन ट्रेडिङ’ सुविधाको अधिकतम् सदुपयोग गर्न पनि आग्रह गरे ।