Logo २१ असार २०८३, आइतबार | Mon Jul 6 2026


कलंकी–नागढुंगा–नौबिसे सडकमा यस्तो सास्ती (भिडियो)


0
Shares

नवीन शर्मा/भरत केसी (इमेज)

काठमाडौं, असोज १७ । नागढुंगा हुँदै काठमाडौं ओहोर–दोहोर गर्ने यात्रीले सास्ती खेप्नुपरेको छ ।

राति गाडी चलाउन रोक लगाएर सडक मर्मतको काम थालिएपछि जाम बढ्दा यात्रीले बढी सास्ती खेप्नुपरेको हो ।

काठमाडौंको कलंकीबाट उपत्यका बाहिरिने सडकखन्डको मर्मत–सम्भारमा ढिलासुस्ती हुँदा आवत–जावत गर्नेहरुलाई कस्ट भएको छ । सरकारको सुस्त विकास गर्ने शैलीमा सुधार नआउँदा जनताले दुःख पाउँदै आएका हुन् ।

कलंकीदेखि नागढुंगा हुँदै नौबिसेसम्मको सडक मर्मत भइरहेको छ । मर्मतका लागि भन्दै अहिले दिनहुँ साँझ ८ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म यो सडकमा सवारी सन्चालनमा रोक लगाइएको छ ।

काठमाडौंको सबैभन्दा बढी सवारी–साधन आगमन हुने मुख्य नाकामा हुने दैनिक जामले यात्री अलपत्र पर्ने गरेका छन् ।

नजिकिँदै गरेको दसैं पर्व मनाउन काठमाडौंबाट बाहिरिने यात्रीको चाप बढ्न थालेको अवस्थामा सुरु भएको सडक मर्मतले धेरैलाई सास्ती भएको छ । यात्रीको गुनासोसमेत बढ्दै गएको छ ।

घन्टौंसम्म सवारी बन्द गरेर मर्मत गर्दा धेरैलाई समस्या भएकाले सहज बनाउने प्रयास भने भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

सामान्य अवस्थामा पनि धादिङको सिम्लेबाट कलंकी आइपुग्न डेढदेखि दुई घन्टासम्म लाग्छ । तर, अहिले ९/१० घन्टासम्म लाग्ने गरेको छ ।

भिडियो हेर्नुहोस्